१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयम र धैर्यता एमालेको चरित्र हो: अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलनलाई जोगाएको बताएका छन् ।
मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उनले मनमोहन अधिकारीले अनेक दुःख कष्ट सहेर भए पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएको बताएका हुन् ।

‘दोस्रो महाधिवेशनपछि कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्रा टुक्रा भयो’, उनले भने, ‘छिन्नभिन्न र टुक्रा टुक्रा भएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।’ अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठुलो विजयको तयारीमा आफूहरू रहेको बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनको वैचारिक र व्यावहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा (एमाले) रहेको छ ।’

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सविस्तारसँग काम गर्ने बानी रहेको बताए । ‘उहाँको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिकको म्याराथुन धावक हो’, अध्यक्ष ओलीले भने, ‘म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्ष उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो ।’ उनले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीजस्तै धैर्यता र संयम अपनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘मनमोहन अधिकारीले धैर्यता नराखेको भए बहुदलीय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुहुन्थ्यो ? संयम र धैर्यता एमालेको चरित्र हो । त्यो मूल मन्त्र लिएर एमालेलाई अगाडि बढाउनुपर्दछ’, उनले भने, ‘हामी सबैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी छ ।’ उनले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताए ।

हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकेर एमाले अगाडि बढेको बताए । मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस