८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी

अ+ अ-

डोटी । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त नगरपालिकाको नौ वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए।

शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । सो नगरपालिकामा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ ।

पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६, सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जना, आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जना, केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८ जना, बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदका लागि ११५, बडिकेदार गाउँपालिकामा २७ पदका लागि ८२ जना तथा जोरायल गाउँपालिकामा ३२ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

डोटीमा सात पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीका नौ स्थानीय तहमा कूल ६५ वडा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । सबै पार्टी घरदैलो अभियानमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस