२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँके र बर्दियाको सिमानाका ७२ घण्टा बन्द हुने

अ+ अ-

नेपालगन्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सिमानाका ७२ घण्टा बन्द हुने भएको छ ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सम्म सिमानाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनले सिमाको दशगजा क्षेत्रमा कडाइ गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्ने र ४८ घण्टा अघि दुई देशका सिमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाउने निर्णय गरेको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र भारततर्फ बहराइच र सेराबस्तीका सिमासुरक्षा बलसहित सुरक्षा अधिकारीलगायत दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जङ्गली जनावरको अवैध पैठारी, काठ तस्करी, लागुऔषध कारोबार, मानव बेचबिखनलगायत विषयमा छलफल गरेको थियो ।

‘हाम्रो अनुरोधमा भारतीय सुरक्षा अधिकारीले सिमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न सहमत हुनुभएको छ’, बर्दियाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले भने ।

अहिले जमुनाहा र रुपैडिया नाकामा दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र संयुक्त सुरक्षा गस्तीसमेत गरेका छन् ।

बाँके जिल्लासँग भारतको सिमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ । बर्दियाको भारतसँग जोडिएको नाका धेरै रहेको बताइएको छ ।