काठमाडौँ । काठमाडौँको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो ।
बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।
स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठलाई प्रहरीले अस्पताल पुर्याएको थियो ।