८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्री शर्माको निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्धति मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।

वित्तीय अनुशासन कायम गर्न/गराउन लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण छ,’ अर्थमन्त्री शर्माले भने, ‘लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाब-किताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्छ ।’

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उक्त अवसरमा सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक कत्ति पनि विमुख हुन नहुने उनले बताएका थिए ।

व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्दा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने भन्दै यस विषयमा ध्यान दिन लेखापरीक्षकहरूलाई उनले आग्रह गरे ।

‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठुलो असर गर्छ भन्ने कुरामा तपाईँहरू (लेखापरीक्षक) ले ख्याल राख्नुहोला,’ उनले भने, ‘लेखापरीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको उनले बताए ।

कार्यक्रममा आईक्यानका अध्यक्ष युद्धराज ओलीले पहिलो पटक आयोजना भएको लेखा व्यवसायी सम्मेलनबाट राष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भीर रूपले चिन्तन हुने बताए ।

प्रतिक्रिया दिनुहोस