१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो

अ+ अ-

सिमकोट । स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

शनिवारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिए । उनका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दा बढी मतदाता भएको केन्द्रमा पाँच कर्मचारी खटाइएको हो ।

१६ मतदान केन्द्रमा ५०० भन्दामुनि रहेका छन् भने ३८ मतदान केन्द्रमा पाँच सय भन्दामाथि मतदाताको सङ्ख्या रहेको छ । जिल्लाका ५४ मतदान केन्द्रमा तीन स्थानीय स्वयंसेवक समेत परिचालन गरिएको जनाइएको छ ।

कार्यालय सहयोगी ५४, मतदान अधिकृत ५४, सहायक मतदान अधिकृत ५४ जना र ९२ सहायक कर्मचारी खटेका छन् । साथै, मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीका साथै सुरक्षाकर्मीसमेत खटाइएको छ ।

सदरमुकामभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्रमा खटाइएका कर्मचारी यसअघि नै त्यसतर्फ गएका छन् भने नजिकमा रहेका मतदान केन्द्रमा आज खटाइएको हो ।

जिल्लाको विभिन्न स्थानमा रहेका मतदान केन्द्रमा सिमकोटबाट पुग्न तीन देखि चार दिनसम्मको पैदल हिँड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस