१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बित सांसद रौनियार बाबु-छोरालाई भ्रष्टाचार मुद्दामा सात करोड जरिवाना

अ+ अ-

काठमाडौँ । विशेष अदालतले प्रतिनिधि सभाका निलम्बित सांसद हरि नारायणप्रसाद साह रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी पाएको छ ।

उनीसहित छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६३४ रुपैयाँ जरिवाना गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ मा रौनियार बाबुछोरासहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरियालाई बार बर्दिया नगरपालिकासँग जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेकोले पुल बनिनसक्दै भत्किएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।

अख्तियारले नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने कार्य गरेको भन्दै रौनियार बाबु छोरालाई जनही १९ करोड ३२ लाख २५ हजार ६९५ बिगो कायम गरेर मुद्दा चलाएको थियो । त्यस्तै विशेष अदालतले डिभिजन सडक कार्यालय, नेपालगञ्जमा विभिन्न समयमा प्रमुख रहेका भानु जोशी (बिगो करिब २ करोड), मनोज श्रेष्ठ (बिगो करिब ९ करोड) र राजेशकुमार यादव (बिगो करिब चार करोड) लाई पनि दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले तीनै जनालाई जनही ८ महिना कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ । त्यस्तै तत्कालीन समयमा डिभिजन सडक कार्यालय, नेपालगञ्जका इन्जिनियरद्वय नवराज केसी (बिगो करिब सात करोड) र हरिबहादुर खड्का (बिगो करिब साढे सात करोड) लाई ५ महिना कैद र २० हजार जरिवाना हुने फैसला गरेको छ । विशेष अदालतले सब इन्जिनियर कार्मा तेन्जिङ तामाङ (बिगो करिब १५ करोड) लाई चार महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा चलाएकोमा चार जनालाई सफाइ दिएको छ । डिभिजन सडक कार्यालयका इन्जिनियरद्वय दीपेन्द्रबहादुर विष्ट र प्रेमबहादुर चुवाई, सब इन्जिनियर गोविन्द गैह्रे र एभरेस्ट इन्जिनियरिङ कन्सलट्यान्टका प्रोपराइटर कृष्णदेव यादवले सफाइ पाएका छन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निलम्विन सांसद रौनियार प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका छन् । यद्यपि सभामुखले उक्त सूचना प्रकाशन गर्न बाँकी नै छ । रौनियार २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं। ३ बाट तत्कालीन सङ्घीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस