२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको उदासीनताले चुनावी सहकार्य फलदायी भएन : कमल थापा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणाममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् ।

यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा भाग लिएको बताएका छन् ।

‘पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने वाध्यात्मक अवस्था थियो । हामी चुनावमा भाग नलिन पनि सक्थ्यौँ, तर चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

राप्रपा नेपालले साङ्केतिक रूपमा चुनावमा भाग लिएको तर, त्यो पनि परिणाममुखी हुन नसकेको उनले बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘चुनावमा हामीले नेकपा(एमाले) सँग सहकार्य गर्ने निर्णय गर्‍यौँ । व्यवहारिक र रणनीतिक रूपमा ठिक भएता पनि नेकपा (एमाले) को उदासीनताको कारण स्थानीय स्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

राप्रपा नेपालले निकट भविष्यमा नै हिन्दु राष्ट्र पुनः स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने थापाले बताएका छन् । सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र पुनः स्थापना गर्न प्रयास गरिने उनको भनाइ छ ।

‘त्यस्तो सहमति जुट्न नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरूप ‘धर्मनिरपेक्षता वा हिन्दु राष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरियोस् भन्ने माग सहित राप्रपा नेपालले जनसङ्घर्ष गर्नेछ ।’ प्रतिवेदनमा भनिएको छ ।