२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश

अ+ अ-

काठमाडौँ । गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए । पाण्ड्याले २७ बलमा ५ चौका प्रहार गर्दै अविजित ४० रन बनाए । यसअघि शुभमन गिल र म्याथ्यु वेडले ३५-३५ रनको योगदान दिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि जोस बटलरले सर्वाधिक ८९ रन बनाए । बटलरले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाए ।

गुजरात टाइटन्सको टोली पहिलो पटक आइपिएलमा सहभागी भएको हो । तर, यो हारपछि राजस्थान रोयल्ससँग अझै एक मौका छ । उसले एलिमिनेटर राउन्डमा विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछन्। सन् २००८ को आइपिएलको पहिलो सिजनमा राजस्थान रोयल्सले उपाधि जितेको थियो ।