बर्दियामा बाघले फेरि लियो महिलाको ज्यान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बर्दियामा बाघले फेरि लियो महिलाको ज्यान


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जनजागृति सामुदायिक वनमा मङ्गलवार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका-२ की ४७ बर्सिया कौशिला पाललाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

बाघको आक्रमणबाट पटक पटक मानवीय क्षति भइरहेको भन्दै घाँस दाउरा काट्न तथा बस्तुभाउ चराउन जाँदा होसियारी अपनाउन जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस