१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमण : भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै

अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ ।

सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो । बितेका २४ घण्टामा १३ हजार ६१५ जना सङ्क्रमित फेला परेका छन् ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेका समाचारमा जनाइएको छ । यहाँ एक लाख ३१ हजार ४३ सक्रिय सङ्क्रमित रहेका छन् ।

यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १२ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १३ हजार २६५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ९६ हजार ४२७ पुगेको छ ।

कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार चार सय ७४ भन्दा बढीको मृत्यु भएको छ ।

सोमबार चार लाख २१ हजार दुई सय ९२ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ७३ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार ८६३ मात्रा खोप लगाइएको छ ।

यसैबीच दक्षिण कोरियामा सोमबार ३७ हजार ३६० जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यो सँगै दक्षिण कोरियामा एक करोड ८५ लाख ६१ हजार आठ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा आज १२ हजार छ ९३ जना बढेको जनाइएको छ । कोरोना सङ्क्रमणबाट हिजो सात जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार छ ६८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस