९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्जर र एक्विजिसनका कारण १७८ बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स खारेज

अ+ अ-

काठमाडौँ । मर्जर तथा एक्विजिसनका कारण नेपाल राष्ट्र बैङ्कले गत असारसम्म १ सय ७८ बैङ्क तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ ।

करिब २ सय ४५ वटा संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएकोमा १७८ वटाको लाइसेन्स खारेज भई ६७ वटा संस्थामा सीमित भएका छन् ।

करिब ६ वर्षको अवधिमा यति धेरै संख्यामा बैङ्क तथा वित्तीय संस्था घटेका हुन् । वित्तीय क्षेत्र सुदृढीकरण गर्ने भन्दै राष्ट्र बैङ्कले २०७३ सालमा बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली जारी गरी औपचारिक रुपमा बाटो खुला गरिदिएको थियो ।

‘बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने नीतिगत व्यवस्था गरेपश्चात् २०७९ असार मसान्तसम्म कुल २ सय ४५ बैङ्क तथा वित्तीय संस्था गाभ्नेरगाभिने प्रक्रियामा सामेल भएका छन्,’ राष्ट्र बैङ्कले भनेको छ, ‘यीमध्ये १७८ संस्थाको इजाजत खारेज भई ६७ संस्था कायम भएका छन् ।’

गत आर्थिक वर्षमा नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । यस्तै ४ वाणिज्य बैङ्कहरू एक आपसमा गाभिएर २ वाणिज्य बैङ्क बन्ने सैद्धान्तिक सहमति प्रदान गरिएको छ भने थप २ वाणिज्य बैङ्कहरू गाभ्ने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने गरी समझदारी भएको छ ।

यस्तै, मर्जरमा जाने संस्थाले पाउँदै आएको सुविधालाई राष्ट्र बैङ्कले आउँदो पुस महिनासम्म पनि निरन्तरता दिएको छ । वाणिज्य बैङ्क र लघुवित्त वित्तीय संस्था एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैङ्कबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने घोषणा मौद्रिक नीतिमा गरिएको छ ।

यस्तै, पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई सञ्चालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित नीति पनि राष्ट्र बैङ्कले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस