काठमाडौँ । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।
तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानकै क्रममा भएकाले उजुरी परेकाहरूको नाम भने भन्न नमिल्ने प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरले स्थानीय केही समूहले गाडी र डोजरमा तोडफोड गरेको आरोप लगाएको छ । गत साउन २३ गते सोमबार १५ वटा फोहोर बोकेका गाडी र तीनवटा महानगरका डोजरमा अज्ञात समूहले तोडफोड गरेको थियो ।