२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवा चुनावअघि अमेरिका भ्रमणमा नजाने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको छ । आगामी असोज पहिलो हप्ता हुन लागेको संयुक्त राष्ट्र सङ्घ (युएन) को ७७औँ महासभामा समेत सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले देउवाको अमेरिका भ्रमणको विगत लामो समयदेखि तयारी गरिरहेको थियो ।

तर, परराष्ट्रले आगामी २ असोजका लागि गरिरहेको भ्रमण तयारी तत्कालका लागि रोकिएको छ । यससँगै आगामी ४ मङ्सिरका लागि तोकिएको निर्वाचनअघि देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको हो ।

नेपाल अमेरिका दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसर पारेर पछिल्लो समय दुई देशबीच बाक्लो भ्रमण आदान–प्रदान भइरहेको छ । सोही क्रममा प्रधानमन्त्री देउवाको गत असार अन्तिम साता नै अमेरिका भ्रमणमा जाने तयारी भएको थियो ।

तर, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० को विषयलाई लिएर चर्को विरोध भएपछि देउवाले मन्त्रिपरिषदबाटै त्यसलाई अघि नबढाउने निर्णय गरेका थिए । असार पहिलो साता देउवाले उक्त निर्णय गरेपछि सोही महिनाको अन्तिम साता हुने भनिएको उनको भ्रमण अघि बढेन ।

बालुवाटार र परराष्ट्र मन्त्रालय स्रोतहरूका अनुसार देउवाले एसपीपीलाई अघि नबढाउने भनेर मन्त्रिपरिषद्बाटै निर्णय गराएपछि अमेरिकाले समेत भ्रमणको विषयमा चासो दिन छाडेको थियो । तर, चर्चा चलिसकेको हुँदा जसरी पनि अमेरिका जाने मनस्थिति देउवाले बनाएका थिए ।

आगामी ४ असोजदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा सदस्य राष्ट्रका उच्च तहका नेताहरूको सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा सोही अवसरमा औपचारिक भ्रमणसमेत गर्ने मनस्थितिमा देउवा थिए ।

परराष्ट्र मन्त्रालयले देउवाको भ्रमण र महासभा हुने सहभागिताको विषयमा पत्रकार सम्मेलनमा नै जानकारी दिएको थियो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको र युएन महासभामा उच्चस्तरीय भ्रमण हुने’ भनेर जानकारी गराएकी थिइन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले पनि देउवाको अमेरिका भ्रमणका विषयमा सकारात्मक अभिव्यक्ति दिएका थिए ।

तर, अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेट्ने समयको उपलब्धता सुनिश्चित नभएपछि देउवाले चुनावको मुखमा भ्रमणमा नजाने मनस्थितिमा पुगेको बालुवाटार निकट स्रोतको दाबी छ ।

देउवाले औपचारिक भ्रमणसँगै युएन महासभाका क्रममा हुनसक्ने साइडलाइन भेटवार्ताका लागि समेत प्रयास नगर्न निर्देशन दिइसकेका छन् ।