२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विधेयकबारे राष्ट्रपतिसँग प्रचण्डले गरे छलफल 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरूले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

नागरिकता विधेयक लगायतबारे राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा विभिन्न दलहरूका नेतासँग छलफल गरिरहेकी छन्।

सोही क्रममा बुधबार माओवादी नेताहरूलाई छलफलका लागि राष्ट्रपतिले बोलाएकी थिइन्।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डलगायत बीच आज अपराह्न भेटवार्ता भएको थियो।

भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी थिइन्। नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भई अनुमोदनका लागि राष्ट्रपतिकहाँ पुगे पनि सन्देशसहित पुनः संसदमै राष्ट्रपतिले फिर्ता गरेकी थिइन्।

उक्त विधेयक प्रतिनिधि सभाले हुबहु पारित गरे पनि राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको थियो। यसबीचमा राष्ट्रपतिले नागरिकता विधेयकबारे विभिन्न दलका नेताका धारणा सुनिरहेकी छन्।

नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको चासो र आफूहरूको धारणा समान रहेको प्रचण्डले बताएका थिए।

‘वैवाहिक अङ्गीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौँ,’ प्रचण्डले भनेका थिए, ‘सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरू राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो। र यो विधेयक ओलीजीले पेस गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ।’

अध्यक्ष प्रचण्डले नागरिकता विधेयकलाई लिएर राजनीतिकरण गरिनु दुखद भएको पनि बताएका थिए।

‘यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ,’ उनले भने। यसअघि राष्ट्रपतिले प्रधानमन्त्रीसहित काँग्रेसका नेताहरू, एमालेका नेताहरू, राप्रपाका नेताहरू र लोसपाका नेताहरूसँग पनि छलफल गरेकी थिइन्।