काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
एक वर्षे करार सेवाका लागि बैङ्कले आवेदन आह्वान गरेको हो ।
बैङ्कको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैङ्कले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
बैङ्कले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैङ्कको वेभ साइटमा गएर भर्न सकिने छ ।
हेर्नुहाेस् बैङ्कले जारी गरेकाे सूचना :
