७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्काई वर्ल्ड सर्भिस सेन्टरमा संलग्न ५ चिनियाँ र २ भारतीय जेल चलान

अ+ अ-

काठमाडौँ । प्रहरीले स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनीमा संलग्न सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

आइतबार नेपाल राष्ट्र बैङ्क ऐन २०५८ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा संलग्न ५ चिनियाँ र दुई जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार कल सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षे युइहुआ, ४७ वर्षे सू सिजी, २८ वर्षे चेन मिङ्जु, १९ वर्षे छु यिक्युआङ र १९ वर्षे हुङ छिचेङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। उनीहरू पाँचै जना चिनियाँ नागरिक हुन्।

त्यस्तै भारत, उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी र १९ वर्षीया नेहा गुप्तालाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए। 

गत साउन १० गते कल सेन्टरको नाममा अवैध काम गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेको थियो। उनीहरूले विभिन्न प्रविधिमार्फत धाकधम्की दिने र व्यक्तिगत गोपनीयता ह्याक गरी रकमको मोलमोलाइ गर्ने गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस