प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापा मगरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस