काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ४ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौँ ४ मा रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी विहीन भएको हो ।
काँग्रेस महामन्त्री गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर नाम फिर्ता लिएको श्रेष्ठ बताए ।
यसका साथै उम्मेदवारको तयारी नपुगेले पनि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठको भनाइ छ । अर्को पटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार भन्ने बताए ।
यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सन्तोष प्रधान चौधरीले पनि थापालाई समर्थन गरेर उम्मेदवारी फिर्ता गरेका थिए ।