१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डले लिने पर्यटन सेवा शुल्क खारेज हुने

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले विदेशी यात्रुहरूसँग उठाउँदै आइरहेको पर्यटन सेवा शुल्क खारेज हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालबाट विदेश उड्ने पर्यटकसँग टिकटमै जोडेर उठाउने सेवा शुल्क हटाउन अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन (आइटा)लाई पत्राचार गर्ने भएको छ ।

पर्यटन बोर्डले नेपालबाट बाहिरिने विदेशी नागरिकसँग हवाई टिकटमै जोडेर एक हजार रुपैयाँ उठाउँदै आइरहेको छ ।

आइटाले पर्यटन सेवा शुल्कको कोड हटाएपछि बोर्डले विदेशी यात्रुसँग पर्यटन सेवा शुल्कबापत पैसा उठाउन नपाउने भएको हो । ‘बोर्डले पर्यटकसँग सेवा शुल्क उठाउन पाउने व्यवस्था कतै छैन, यत्तिकै सेवा शुल्कका नाममा विदेशी पर्यटकलाई अतिरिक्त भार थप्न पाइँदैन,’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘पर्यटन सेवा शुल्कको कोड हटाउन पत्राचार गर्ने तयारी भइरहेको छ ।’ अबको एक महिनाभित्र कोड हटिसक्ने र विदेशी हवाई यात्रुले बोर्डलाई पैसा तिर्नैपर्ने बाध्यताबाट उन्मुक्ति पाउने उनको भनाइ छ ।

पर्यटन बोर्डले विदेशी पर्यटकसँग चर्को सेवा शुल्क उठाएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले पनि प्रश्न उठाएको छ । पर्यटन सेवा शुल्क बोर्डको मुख्य आम्दानी बन्दै आइरहेको छ ।

‘नियममा नभएको शुल्क आफूखुसी कार्यविधि बनाएर उठाउन पाइँदैन भन्ने हो, पर्यटकसँग सेवा शुल्क उठाएपछि दायित्व पनि त निभाउनुपर्छ,’ प्रवक्ता निरौलाले भने, ‘एक महिनाभित्र पर्यटन सेवा शुल्क खारेज भइसक्छ ।’

विना कारण चर्को पर्यटन सेवा शुल्क उठाएको विषयमा आइकाओसँगै अरू सरोकारवाला निकाय तथा व्यक्तिहरूले पनि प्रश्न उठाउँदै आइरहेको प्रवक्ता निरौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस