१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन बन्द

अ+ अ-

काठमाडौँ । माथिल्लो तामाकोसी आयोजनाको जलविद्युत् केन्द्र (पावर हाउस) केही दिनका लागि बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न थालेको छ ।

दोलखाको विगु गाउँपालिका-१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको बाँध, बालुवा थिग्य्राउने पोखरी र मुख्य सुरुङसहित प्रसारण लाइन र सबस्टेसनको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ ।

हिजो रातिदेखि नै आयोजनाको पोखरीको पानी नदीमा छाडिएको छ ।

तामाकोसी हाइड्रोपावर कम्पनीका सिइओ विज्ञान श्रेष्ठका अनुसार तिहार र छठको समयमा मौसमको अनुकूल रहेको र र समग्र बिजुलीको खपत कम हुने भएकोले अहिले निरीक्षण गर्न लागिएको हो । करिब ८ देखि १० दिनभित्र सबै काम सकिने उनले बताए । सुरुङको पानी खाली गर्न र पुनः भर्न दुई-दुई दिन लाग्नेछ ।

१२ असार, २०७८ मा आयोजनाको बाँध, मुख्य सुरुङ र पेनस्टकको ‘वेट टेस्ट’ भएको थियो । १० भदौ २०७८ गतेदेखि प्रारम्भिक रूपमा र २४ भदौ २०७८ देखि सबै ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको व्यापारिक उत्पादन सुरु भएको थियो ।

माथिल्लो तामाकोशीको नियमित कार्यतालिका अनुसार १६ महिनापछि जलाशय र मुख्य सुरुङको पानी खाली गरी ती संरचनाहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको हो ।

प्रतिक्रिया दिनुहोस