८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टि-२० विश्व कप : दक्षिण अफ्रिकामाथि पाकिस्तानको जित, अंकतालीकामा फड्को

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको सुपर १२ चरणअन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेश सम्भावनालाई जीवितै राखेको छ ।

सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले दोस्रो जित हासिल गरेको छ । जिम्बाबे र भारतसँग पराजित भएको पाकिस्तानले नेदरल्याण्ड्सलाई हराएको थियो । ४ अङ्कसहित पाकिस्तान समूहको तेस्रो स्थानमा उक्लिएको छ । उसले अन्तिम खेल बङ्गलादेशसँग खेल्न बाँकी छ । यो समूहमा भारत ६ अङ्कसहित शीर्ष र दक्षिण अफ्रिका ५ अङ्कसहित दोस्रो स्थानमा छन् । सबैले १-१ खेल खेल्न बाँकी छ ।

सिड्नी क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले १८६ रनको लक्ष्य पछ्याउने क्रममा ९ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । पानी पर्न सुरु हुनुअघिसम्म दक्षिण अफ्रिका डीएल प्रणालीमा १४ रनले पछि थियो ।

वर्षा रोकिएपछि पुनः सुरु भएको खेल १४ ओभरमा झारियो र दक्षिण अफ्रिकालाई १४२ रनको नयाँ लक्ष्य दिइयो । दक्षिण अफ्रिकाले खेल जित्नका लागि बाँकी ५ ओभरमा ७३ रन बनाउनुपर्ने थियो । तर थप ५ विकेट गुमाएर ३९ रनमात्र जोड्न सक्यो ।

दक्षिण अफ्रिकाका लागि ओपनर कप्तान तेम्बा बाभुमाले ३६ तथा एडियन माक्रमले २० रन बनाए । बलिङतर्फ पाकिस्तानका सहिन साह अफ्रिकीले ३ तथा शादव खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले इफ्तिखर अहमद र शदाब खानको अर्धशतक मद्दतमा ९ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

आक्रामक ब्याटिङ गरेका शदाबले २२ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । इफ्तिखरले ३५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए । मोहम्मद नवाजले २२ बलमा २८ र मोहमम्द ह्यारिसले ११ बलमा २८ रन जोडे ।

४३ रनमै ४ विकेट गुमाएको पाकिस्तानका लागि इप्तिखर र नवाजले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । त्यसपछि इप्ट्टिखरले शदाब खानसँग छैटौँ विकेटका लागि ३५ बलमै ८२ रनको साझेदारी गरेका थिए ।

दषिण अप्रिकाका लागि एनरिक नोर्कियले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४१ रन खर्चिए । वायने पार्नेल, कागिसो रबडा, लुङ्गी एनगिदी र ताबरेज शाम्सीले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस