२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थुनामा रहेका अभियुक्तसँग घुस लिएका इन्स्पेक्टरमाथि कारबाही

अ+ अ-

काठमाडौँ । अभियुक्तसँग घुस लिएको आरोपमा साइबर ब्युरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको छ।

थुनामा रहेका एक अभियुक्तसँग पैसा मागेको छानबिनबाट पुष्टि भएपछि उनको तीन तलब वृद्धि घटुवा गरी त्यहाँबाट हटाएको छ।

मुद्दा शाखाको प्रमुखका रूपमा कार्यरत रहँदा उनले मुद्दामा सहजीकरण गर्ने भन्दै पैसा मागेका थिए। छानबिन प्रतिवेदनका आधारमा उनीमाथि कारबाही गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए।

पश्चिम नवलपरासीमा दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔषध मुद्दामा फसाउन घटनामा संलग्न प्रहरीमाथि भने कारबाही हुन सकेको छैन। प्रहरीको छानबिनले प्रहरीको गल्ती देखिएको भन्दै कारबाही सिफारिस भएको थियो।

भारतीय नागरिक जितेन्द्र पासवान र रघुनाथ धोबीलाई प्रहरीले लागुऔषध मुद्दामा फसाएको प्रहरी छानबिनमा खुलेको थियो। पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्तालाई योजनाबद्ध रूपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएका थिए।

बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्। प्रहरी गल्तीका कारण निर्दोष व्यक्ति जेल परेका छन्।

पक्राउ परेका गाउँपालिका अध्यक्ष सहयोगी रघुनाथ धोबीकै बयानबाट सो कुरा पुष्टि भइसकेको छ। प्रहरीको छानबिनले पनि उनीहरूलाई निर्दोष देखाएको छ। तर, बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला अदालत नवलपरासीले गुप्ताका सहयोगी पासवान र धोबीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हो।

छानबिनका क्रममा दुई भारतीय निर्दोष देखिएपछि प्रहरीले मुद्दा नचलाई उनीहरूलाई साधारण तारेखमा छाड्न जिल्ला सरकारी वकिल कार्यालयलाई प्रस्ताव गरेको थियो।

सरकारी वकिलले त्यसका लागि बरामदी मुचुल्का सच्याउनुपर्ने बताएका थिए। तर, अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्मराज खत्रीले मुचुल्का सच्याउन नमानेपछि उनीहरूलाई दुई महिना थुनामा राखेर मुद्दा दायर भएको थियो।

घटनामा जिल्लाका एसपी ऋषिराम कँडेललगायत प्रहरीमाथि कारबाहीको सिफारिस भएको थियो। सो विषयमा थप अध्ययन भइरहेको प्रहरी प्रवक्ता राईले बताए।