२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरु भयो पुरुषको शुक्रकीट रोक्ने गर्भनिरोधकको पहिलो परीक्षण

अ+ अ-

काठमाडौँ । मेलबर्नको एक अस्पतालमा पुरुषको शुक्रकीट रोक्ने हाइड्रोजेलको विश्वकै पहिलो परीक्षण सुरु भएको छ । यो गर्भनिरोध विधि सफल भयो भने युगान्तकारी फड्को हुने अनुसन्धानकर्ताले बताएका छन् । अध्ययनमा २५ जना पुरुषहरूले भाग लिएका छन् । आगामी दिनमा सहभागीको ‘भास डेफरेन्स’मा (शुक्रकीटलाई अण्डकोषबाट लिङ्गसम्म बोक्ने नली) हाइड्रोजेल सुई दिइनेछ । 

हाइड्रोजेलको प्रभाव लगभग दुई वर्षसम्म रहने र प्रभाव सकिएपछि पनि यसलाई पुनः इंजेक्सनमार्फत दिन सकिनेछ । यदि यो परीक्षण सफल भयो भने त्यसले स्थायी बन्ध्याकरण भ्यासेक्टोमीको विकल्प दिने वैज्ञानिकहरूले बताएका छन् ।

मेलबर्नस्थित एपवर्थ फ्रिमेसन्सका अनुसन्धानकर्ताहरूले अहिलेसम्म चार जना पुरुषहरूमा हाईड्रोजेल दिइसकेको बताएका छन् । परीक्षणमा सहभागीहरूलाई तीन वर्षसम्म पछ्याइनेछ र यस अवधिमा सहभागीले तिनको नियमित स्वास्थ्य परीक्षणहरू गर्ने अनुमति दिएका छन् । 

अनुसन्धानका प्रमुख तथा एपवर्थ फ्रिमेसन युरोलोजिस्ट नेथन लरेन्ट्सचुकका अनुसार अध्ययनले हाइड्रोजेल पुरुष गर्भनिरोधकको लागि अस्थायी विकल्प हुने कुराको निर्क्यौल गर्नेछ । ‘यदि यो परीक्षण सफल भयो भने, यो एक युगान्तकारी आविष्कार हुनसक्छ, यसले गर्भनिरोधलाई महिलाको मात्र बोझको रूपमा नभई दम्पतीको साझा जिम्मेवारी अन्तर्गत ल्याउनेछ,’ प्रो लरेन्ट्सचुकले भने ।

हाल विश्वमा पुरुष गर्भनिरोधक सीमित विकल्प मात्र उपलब्ध छन् । पुरुषले प्रयोग गर्न सक्ने अस्थायी गर्भ निरोधको एक मात्र विकल्प कन्डम छ भने बाँकी स्थायी विकल्प छन्, जसमा भ्यासेक्टोमी धेरै प्रयोगमा छ । महिलाहरूका लागि भने गर्भ निरोधको लागि चक्की र अन्य अस्थायी उपायहरू उपलब्ध छन् । त्यसबाहेक महिलाहरूका लागि महिनौँसम्म काम गर्ने आईयुडी (इन्ट्रायूटरिन उपकरण), तीन महिने हार्मोनल सुई, पाखुरामा राख्न सकिने रडजस्ता विभिन्न विकल्प पनि उपलब्ध छन् ।