९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरी २ : दुई पार्टी अध्यक्षबिचको प्रतिस्पर्धा रोचक

अ+ अ-

सप्तरी । सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबिचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले-जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्ष द्वय यादव, डा राउत र ठाकुरबिच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा तीनै उम्मेदवार चुनावी प्रचारप्रसार सामग्रीसहित मत आ-आफ्नो पक्षमा पार्न घरदैलोमा व्यस्त हुनुहुन्छ । गत २०७४ सालको निर्वाचनमा यसै क्षेत्रमा निर्वाचित जसपा अध्यक्ष यादव आफ्नो जितलाई दोहर्‍याउने दाउमा छन् भने डा राउत र ठाकुरले यादवलाई पराजित गरेर आ-आफ्नो जित सुनिश्चित गर्ने योजनामा छन् ।

यति बेला बिहान र बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा. राउतबिच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । पार्टी सङ्गठनको अवस्था, राजनीतिक गठबन्धन, जातीय समीकरण र राजनीतिक प्रभावका हिसाबले तीनै उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषक रामनारायण यादवले बताए ।

गत २०७४ सालको निर्वाचनमा तत्कालीन राजपा, नेपाली काँग्रेससमेतको साथ पाएर निर्वाचित भएका यादवले अहिले ती दुबै पार्टीको साथ गुमाएका छन् भने एमालेको साथ पाएका छन् । चुनावी प्रतिस्पर्धामा रहेका जसपा अध्यक्ष यादवले पार्टी सङ्गठन बलियो रहेको र आफूले सप्तरीमा गरेको विकास निर्माण कार्यका कारण आफूले जित्ने दाबी गरेका छन्।

‘मैले गरेको विकास निर्माण कार्य र राजनीतिक भूमिकाका कारण मेरो कसैसँग प्रतिस्पर्धा छैन’, अध्यक्ष यादवले भने, ‘पाँच वर्षमा विकास निर्माणका धेरै आधार खडा गरेका छौँ, त्यसैले जनताले फेरि पनि मलाई नै मत दिएर विजयी बनाउँछ ।’

आफ्नो कार्यकालमा विभिन्न सडक सञ्जालको निर्माण, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधारलगायतको काम अघि बढेकाले मतदाताले फेरि पनि अवसर दिने अध्यक्ष यादवको दाबी छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको तमका आधारमा मजबुत देखिएको पाँच दलीय गठबन्धनका उम्मेदवार ठाकुरले यस क्षेत्रमा गठबन्धन मजबुत रहेको, सधैँ जनताको बिचमा रहेर निरन्तर काम गरेको र शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा योगदान रहेकाले आफूले चुनाव जित्ने दाबी गरेका छन्।

‘म जनतासँग नजिक भएर काम गरेको र उहाँहरूको सदैव सेवा गरेको आधारमा पनि मेरो बलियो स्थिति छ’, ठाकुरले भने, ‘गठबन्धन पनि एक ढिक्का छ, त्यसैले जित सुनिश्चित छ ।’ दुई ठुला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर जित सुनिश्चित गर्ने दाउमा रहेका जनमत अध्यक्ष डा. राउतले पुराना नेताबाट जनता दिक्क भइसकेकाले अब निर्वाचनमा मतदाताहरूले आफूलाई विजयी बनाउने दाबी गरे । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका डा. राउतले पहिलो प्रयासमै आफू सफल हुने बताए ।

‘बूढापाकाको आशीर्वाद र युवाको जोस, जाँगर र ऊर्जाका कारण म उत्साहित छु’, डा. राउतले भने, ‘पुराना नेताबाट जनता दिक्क भइसकेका छन्, मतदाता नयाँलाई अवसर दिन चाहिरहेका छन् ।’ त्यसैले म चुनाव जित्छु भनेमा ढुक्क छु उनको भनाइ थियो ।

कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको यस क्षेत्रमा सप्तरी सदरमुकाम राजविराजसहित महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिका पर्दछ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिएको छ ।

यस क्षेत्रमा पाँच दलीय गठबन्धनको मत ३७ हजार तीन सय ७३ छ भने एमाले–जसपा गठबन्धनसँग १९ हजार ७५ मत र जनमत पार्टीको तीन हजार दुई सय ७१ मत छ । यस क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको प्रमुख उपप्रमुखमा जसपाले जित हात पर्दा महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपा तथा तिलाठी कोइलाडीमा काँग्रेसले जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस