८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-६ लाई पर्यटकीय गन्तव्य बनाउँछु : पूर्व प्रहरी प्रमुख खनाल

अ+ अ-

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बनेका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका छन् ।

बुधबार साँझ बागबजारमा भेटिएका खनालले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने खाका लिएर आएको दाबी गरे ।

एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालले यसअघि काठमाडौँ–६ बाट दुई पटक सांसदमा निर्वाचित भइसकेका नेपाली काँग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुन्दर, स्वच्छ र हराभरा पर्यटकीय क्षेत्र बनाउन नसकेको आरोप लगाए ।

प्रहरी सेवाबाट अवकाशपछि एमाले पार्टीमा प्रवेश गरेका खनालले सोही क्षेत्रबाट यसअघि निर्वाचित तथा सत्ता गठबन्धनका प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

उम्मेदवार खनालले आफूप्रति मतदाताको उत्साहप्रद सहभागिता रहेको बताउँदै यस क्षेत्रको धेरै ठाउँमा पानी, ढल, धुलो धुवाँ तथा जताततै छरपस्ट तारको समस्या रहेको बताए ।

उनले सो क्षेत्रमा जनताका आधारभूत आवश्यकतासमेत नभएको दाबी गरे । ‘पर्यटकीय दृष्टिकोणले ठमेल र सांस्कृतिक दृष्टिकोणले असनलाई विकास गर्न सकिन्छ’, उनले भने, ‘मतदाताहरूले पनि यस क्षेत्रमा आधारभूत आवश्यकता पूरा हुन नसकेको बताउनुभएको छ ।’

उनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै खोलाका दुवै किनारामा करिडोर, हरियाली पार्क बनाउने योजना रहेको बताएका छन् । उनले युवालाई बढी फोकस गरी काम गर्ने पनि बताए ।

सडक, धारा, ढल, बिजुली आदि काम क्रमिक रूपमा बने पनि सम्बन्धित निकायबिच आपसी समन्वय नभएको उनको भनाइ छ । जसले गर्दा सहर कुरूप देखिएको उनको भनाइ छ ।

विगतमा आफूले प्रहरी सेवामा काम गरेको अनुभव तथा मूल्याङ्कनका आधारमा आफूमार्फत मतदाताले सो क्षेत्रको विकास चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस