२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रातारात राजधानी दाङमा सार्नु गलत : विष्णु पौडल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् ।

प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको बताए । बुटवलमा शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले संरचना नबन्दै मन्त्रालय सार्ने गलत निर्णय भएको बताए ।

‘गलत निर्णयले गलत परिणाम निस्कन्छ, हेर्दै जानुहोला अब के हुन्छ, ‘पौडेलले भने, ‘संरचना नबन्दै तत्काल मन्त्रालय सार्ने काम गलत र त्रुटिपूर्ण छ ।’

रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताएका छन् । चुनावको जनादेशले एमालेलाई बहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए ।

कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौँ भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो बन्न पुगेको उल्लेख गरे ।

माओवादी केन्द्र र अन्य दलसँग मिलेर सरकार गठनको प्रयास भइरहेकोबारे पत्रकारको प्रश्नमा नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहोर्‍याए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पौडेलले एमाले प्रतिपक्षमा रहेपनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरू पूरा गर्न सक्रिय भूमिका खेल्ने बताए । उनले रुपन्देहीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र दक्ष जनशक्तिका हिसाबले मुलुककै अग्रणी र रोलमोडल जिल्ला बनाउने आफ्नो अभियानमा कमी आउन नदिने समेत बताए ।