९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन मसान्तसम्म सरुवा र पदस्थापन स्थगित, ‘तरमारा’ कर्मचारीको खेती बन्द !

अ+ अ-

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित(खरिदार स्तर)का कर्मचारीको सरुवा तथा पदस्थापनको कार्य फागुन मसान्तसम्मका लागि स्थगित गरेको छ । लामो समयदेखि सुगम स्थानमा रहेर कामकाज गरिरहेका तर अहिले कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गममा सरुवा भई जाने क्रम बढेसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

लोक सेवा आयोगको वार्षिक कार्य तालिका बमोजिम राजपत्र अनङ्कित खरिदार वा सो सरहका पदमा विज्ञापन प्रकाशित हुने(खुला प्रतिस्पर्धा तथा बढुवा) समयको तत्काल अगाडी लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्र दुर्गम सरुवा भई जाने देखिँदै आएको छ । 

यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडी सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनका लागि मर्का पर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट पनि गुनासो आएपछि मन्त्रालयले यसमा थप कडाइ गरेको हो । 

पछिल्लो केही समययता शक्तिकेन्द्रमा पहुँच भएका तथा ट्रेड युनियन सम्बद्ध पदाधिकारी तथा तिनका आफन्तहरूले यसलाई खेतीकै रूपमा बिस्तार गर्दै गएसँगै सोझा तथा जागिरको अधिकांश समय दुर्गममै बिताएका कर्मचारीहरू मर्कामा पर्दै आएका थिए । निजामतीभित्रका विकृतिहरू अन्त्य गर्दै लैजानु पर्ने माग उठिरहँदा सचिव अर्जुन प्रसाद पोखरेलको यो निर्णय प्रशंसनीय भएको दुर्गमका कर्मचारीको भनाई छ । 

यससँगै अरुबेला सुगममा बसेर अवसर लिने र बढुवाका बेला पनि फुत्त दुर्गममा पुगेर बढुवा लिएसँगै पुनः सुगम हान्निएर तर मार्न पल्केका कर्मचारीहरू निरुत्साहित भई वास्तविक काम गर्ने कर्मचारीहरू राहत हुने विश्वास मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस