८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति ‘मिसन’ मा एकैसाथ ६ हजार १६ जना

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा खटिने नेपाली सेनाको संख्या ६ हजार १६ पुगेको छ । जसमध्ये ४२९ जना महिलाहरू छन् । यो संख्या इतिहासमै धेरे भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उनीहरू विभिन्न मुलुकका १२ वटा मिसनमा खटिएका छन् ।

पछिल्लो समय नेपालबाट गत मंसिर २७ गते नेपाली सेनाको ‘लाइट इन्फ्यान्ट्री बटालियन’को अन्तिम डफ्फाबाट २०२ जना सेनाहरू शान्ति मिसनका प्रस्थान गरेका थिए ।

राष्ट्र सङ्घको शान्ति मिसनमा खटिने नेपाली सेनाको संख्या विश्वमै तेस्रो ठूलो हो । नेपालबाट हालसम्म एक लाख ४२ हजार ५८५ जना सैनिकहरू विभिन्न मिसनमा खटिएका छन् । तीमध्ये १,९८२ जना महिला रहेको जङ्गी अड्डाले जनाएको छ ।

त्यस्तै शान्ति मिसनमा खटिएका ७१ जना नेपाली सेनाले सहादत प्राप्त गर्दा ६८ जना घाइते भएका छन् । नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेपछि पहिलो पटक १९५८ मा ५ जना नेपाली सेना लेबनानमा खटिएका थिए । यस दौरान नेपाली सेनाहरू इजिप्ट, सिरिया, माली, दक्षिण सुडान, कंगोलगायत देशमा खटिएका छन् ।

‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलो पटक छ हजारभन्दा बढी नेपाली सेनाका फौजहरू शान्ति मिसनमा तैनाथ भई एक ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ,’ जङ्गी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’‘न् १९५५ मा नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेपश्चात संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ मा ५ जना लेबनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसनको यात्राले ६ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस