२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढ्यो

अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छ ।

अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माण स्थलका लागि रुख छपानको काम सुरु भएको नगरप्रमुख भोजराज बोहराले बताए ।

‘प्रस्तावित औद्योगिक क्षेत्र निमार्णस्थलका लागि २५ हजार रुख छपानको काम सुरु भएको छ ।’ उनले भने, ‘रुख छपान सकिएपछि निर्माणअघि बढ्छ यसका लागि सरकारले एक अर्ब बजेट विनियोजन गरिसकेको छ ।’ औद्योगिक क्षेत्रको दुई वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

रुख छपानको काम सुरु भए पनि जग्गाको स्वामित्व हस्तान्तरण हुन बाँकी रहेको बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । ‘वन कार्यालयबाट रुख छपानको काम सुरु भएको छ । जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रियामै छ ।’

लिमिटेडका सूचना अधिकारी प्रकाश खड्काले भने, ‘बजेट अपुग र ईआईलगायतको कामले निमार्णमा ढिलाइ भएको हो ।’ उनले झन्झटिलो प्रक्रिया र सरकारको प्राथमिकतामा नपर्नुले पनि औद्योगिक क्षेत्र निमार्णको कामले गति लिन नसकेको बताए ।

औद्योगिक क्षेत्र स्थापनाका लागि वडानं–२ स्थित जनचेतना सामुदायिक वन र वडा–३ स्थित वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिन उपलब्ध गराउने घोषणा गरिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले दैजीछेला औद्योगिक क्षेत्रको चर्चा धेरै भएकाले अब स्थापनामा ढिलाइ गर्न नहुने बताए ।

‘महाकाली नदीमा बनेका चार लेनको पक्की पुल भारतको एसियन राजमार्गसँग जोडिए मात्रै औद्योगिक क्षेत्रले सार्थकता पाउँछ ।’ उनले भने, ‘औद्योगिक क्षेत्र र नाका भारतसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्छ ।’

औद्योगिक क्षेत्रका लागि २०६६ सालमा जिल्ला वन कार्यालयले जग्गा उपलब्ध गराउने निर्णय गरेपछि जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनको नौ सय बिघा जमिन दिने निर्णय भएको थियो । मन्त्रिपरिषद्ले पनि चार किल्लाभित्र औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिसकेको छ । डिपिआर र र्ईआइएको कामसमेत सम्पन्न भइसकेको छ ।

दैजीछेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनियरिङ र फेव्रिकेटिङ, मिनिरल वाटर, कागज, सिमेन्ट, छडलगायत एक सय उद्योग स्थापना गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । औद्योगिक क्षेत्र स्थापना भए यहाँका दुई हजार बढीले रोजगारी पाउने छन् ।