भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा ६ दिनका लागि विद्यालयहरू बन्द गरिएको छ ।
ह्वात्तै चिसो बढेपछि बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
गाउँपालिकाले सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालय बन्द रहने जनाएको छ ।