९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

अ+ अ-

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका हुन्।

प्रदेशसभाका ९३ जना सांसद मध्ये मतदानमा ९२ जना सहभागी भएका थिए। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस  गरेका थिए। प्रस्तावको पक्षमा ५९ मत प्राप्त भएको र विपक्षमा ३२ मत प्राप्त भएको सभामुख बाबुराम गौतमले बताए।

उनले मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभा बैठकमा जानकारी दिए। सत्तारुढ एमाले गठबन्धनसँग ६० मत भए पनि नेकपा माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्वाचित भएका थिए। यस्तै प्रतिपक्षी दलहरूसँग ३३ मत भए पनि नेपाली काँग्रेसका एक जना सांसद अनुपस्थित भएका थिए।  

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। यसरी नियुक्त भएको मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कार्कीले एक साता नपुग्दै विश्वासको मत लिएका हुन्। विश्वासको प्रस्तावमाथि प्रदेश सभाले  मत विभाजनद्वारा निर्णय गरेको थियो। एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  

प्रतिक्रिया दिनुहोस