२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरमा पनि बोतल र जर्किनमा भरेर पेट्रोल बिक्री वितरणमा रोक

अ+ अ-

डोटी । नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा बोतल तथा जर्किनमा डिजेल तथा पेट्रोल लगायतका पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमको आधिकारिक बिक्रेता बाहेक अन्यले खुल्ला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने जनाएको छ ।

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा अवैधानिक रूपले फुटकर बिक्रेताले गैर कानूनी खुल्ला रूपमा पेट्रोलियम पदार्थ पानीको बोतल, जर्किनमा राखी बिक्री वितरण गरेको पाइएको भन्दै प्रदेश प्रहरी कार्यालयले त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको हो ।

प्रहरी नायब उपरीक्षक भरत बहादुर चौधरीको हस्ताक्षरमा जारी विज्ञप्तिमा अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपले बिक्री वितरण तथा भण्डारण गर्दा आगलागीका साथै मानवीय एवं भौतिक क्षति समेत हुने हुँदा यसरी अवैध खुल्ला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न/नगराउन भनिएको छ ।

सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।