१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले अग्नी सापकोटालाई उपाध्यक्ष बनाउने

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहीबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको बताइएको छ ।

आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने गरी प्रस्ताव लैजान लागिएको हो । तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै थाहा हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापकोटालाई महरापछिको मर्यादाक्रममा राख्ने गरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको हो । महासचिव देव गुरुङले भने पदाधिकारी थप्ने नथप्ने बैठकपछि नै थाहा हुने प्रतिक्रिया दिए । उनले भने, ‘आज बैठक बस्दै छ । बसेपछि नै सबै कुरा थाहा होला । अहिले बाहिर भन्ने कुरा भएन ।’

माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।