काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनको पक्षमा उच्च अदालत पाटनले फैसला गरेको छ ।
सोमबार सिइओ शेरचनको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले शेरचनले अझै दुई कार्यकाल बैंकको सीइओका रूपमा काम गर्न सक्ने फैसला गरेको हो ।
उच्च अदालत पाटनले उनको कार्यकाल र नियुक्तिलाई लिएर हालिएको रिटमा अन्तरिम फैसला दिनु नपर्ने बताएको छ ।
सिइओ शेरचनले अवैधानिक रूपमा तेस्रो कार्यकालका लागि नियुक्ति लिएको भन्दै गत माघ १३ गते अधिवक्ता अनिता थापा केसीले नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्रामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले सोमबार सिइओ शेरचनको पक्षमा फैसला गरिदिएको हो ।
योसँगै सिइओ शेरचनलाई प्रभु बैङ्कको कार्यकारी प्रमुखको रूपमा काम गर्न बाटो खुलेको छ ।
