८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सरकारको प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपाने नियुक्त

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा रुपन्देहीका दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम गिरीले सचिवालय विस्तार गरेका हुन् ।

अघिल्लो प्रदेश सभा सदस्य चुनावमा निर्वाचित न्यौपाने तत्कालीन नेकपामा विवाद हुँदा माओवादी केन्द्र छाडेर एमाले रोजेका थिए । गत मंसिरको प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही १ (२) मा उनी काँग्रेसका अब्दुल रज्जाकसँग पराजित भएका थिए । प्रमुख राजनीतिक सल्लाहकारले राज्यमन्त्री सरह सेवा सुविधा पाउँछन् ।

यस्तै मुख्यमन्त्री गिरीले बाँकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका छन् ।

संसदीय दल नेताको हैसियतमा मुख्यमन्त्री गिरीले रुपन्देहीका तुल्सीप्रसाद चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतक नियुक्त गरेका छन् ।

यसअघि मुख्यमन्त्री लीला गिरीले प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका थिए । गिरीले बुटवलका कृष्ण कुमाललाई प्रमुख स्वकीय सचिव, दाङका टीका बस्नेतलाई प्रेस संयोजक, सचिवालयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारी र कम्प्युटर अपरेटरमा दाङका विपिन केसीलाई नियुक्त गरेका थिए ।

यसअघिका मुख्यमन्त्री कुलप्रसाद केसीले १८ जनाकोसचिवालय बनाएर आफन्तहरू नियुक्त गरेको भन्दै चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस