८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्यमा सरुवा खेती : निर्णय गर्दै सूची लुकाउँदै, यी हुन् गोप्य सरुवा गरिएका १५ उपसचिव 

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यति बेला कर्मचारीको थेगी नसक्नुको भीड देखिन्छ । आँगनदेखि लागेको भीड मन्त्रीको सचिवालयदेखि कर्मचारी प्रशासन शाखा तथा महाशाखासम्मै हुन्छ । 

अहिले सरुवाको समय नभए पनि अवधि पुगेका तथा नियमित सरुवाहरू सामान्य प्रशासन मन्त्रालयको दायरा भित्रै पर्ने भएकोले पनि कर्मचारीको भिड लाग्नु स्वाभाविकै हो तर केही व्यक्तिहरूले सरुवालाई नै ‘खेती’ बनाई दिँदा ‘मिलाउने’हरूको भीडले मन्त्रालय भरिभराउ हुन थालेको हो । 

निर्णय भई सकेको सूची सार्वजनिक नगर्नुले नै यो पुष्टि गरेको छ । कतिपय अवस्थामा सचिव-मन्त्रीलाई नै थाहा नदिई तथा गुमराहमा राखेर बाहिर बाहिर बार्गेनिङ हुने गरेकोसमेत कर्मचारीहरू बताउँछन् । जसमा निजी र स्वकीय सचिवालय तथा प्रशासनकै केही कर्मचारी दौडधुपमा लागेको ती कर्मचारीले बताए । सरुवा गर्न तथा भई सकेका कर्मचारीलाई मिलाई दिने नाममा समेत लागेको स्रोत बताउँछ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २७ गते मात्रै ७ जना उपसचिवको सरुवा गरिएको छ, जुन सूची अहिले सम्म सार्वजनिक गरिएको छैन । त्यसै गरी फागुन २ गते पनि १५ जना उपसचिवको सरुवा भएको छ । तर त्यो सूची पनि गुपचुप नै छ । 

प्रशासन ब्युरोलाई प्राप्त विवरण अनुसार कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष कान्त पौडेललाई माडी नगरपालिका, चितवन, स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव सूर्य प्रसाद गौतमलाई पाँचखाल नगरपालिका, काभ्रेपलान्चोक, जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी वासुदेव खतिवडालाई जिल्ला समन्वय अधिकारी मकवानपुर सरुवा गरिएको पाइएको छ । 

यसै गरी गृह मन्त्रालय वा अन्तर्गतका मुकेश रेग्मीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, घोडाघोडी नगरपालिका कैलालीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठयतालाई टिकापुर नगरपालिका कैलाली, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम अन्तर्गतका उपसचिव दीपक कुमार आचार्यलाई घोडाघोडी नगरपालिकामा सरुवा गरिएको छ । घोडाघोडीका लागि सचिवालयकै एक कर्मचारी निकै दौडधुपमा लागेका थिए । 

टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गल बहादुर शाही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम, पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल जिल्ला समन्वय समिति नुवाकोट, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव तर्कराज भट्ट र बुद्धि प्रसाद उपाध्याय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निर्वाचन आयोगका कमल भट्टराई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् । 

त्यस्तै जिल्ला समन्वय समिति डडेलधुराका जिल्ला समन्वय अधिकारी पशुपति महत वन तथा वातावरण मन्त्रालय, ईश्वर व्यञ्जनकार रक्षा मन्त्रालय, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र जितपुर सिमरा उपमहानगरपालिका बाराका उपसचिव(शिक्षा)लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको विवरण प्राप्त भएको छ । 

पछिल्लो समय सरुवाका सूचीहरू कैयन् पटक फेरबदल हुने गरेका छन् । नियमित र स्वाभाविक भन्दा अनेक ‘केन्द्र’ र ‘इन्ट्रेस्ट’ घुसाएकै कारण पत्र प्राप्त नहुन्ज्यालसम्म ठेगान नहुने कर्मचारीहरू बताउँदै आएका छन् । त्यसैमा सामान्यका सीमित कर्मचारीले खेलो बनाउँदा कर्मचारीहरू थप सास्ती खेप्न बाध्य छन् । 

कतिपय अवस्थामा व्यवहारिकता हेर्नु पर्ने भए पनि व्यावसायिकतामा बदलिदिँदा भने त्यसले निजामतीलाई थप विकृत बनाउँदै आएको छ । नियमित प्रक्रियामा नहुने देखिएपछि कर्मचारीहरू बाध्य भएर त्यही चङ्गुलमा फस्न पुग्ने एक उच्च अधिकारी बताउँछन् । 

जसको सुधारका लागि मन्त्री अमनलाल मोदी लागिपरेको बताइए पनि उनलाई नै थाहा नहुने गरीसमेत चलखेल भइरहेको एक कर्मचारीको भनाई छ । ‘मन्त्री र सचिव ज्यू निजामती सेवा ऐनको छलफल र अन्य कार्यक्रममै व्यस्त देखिनुहुन्छ’ ती स्रोतले भने ‘सबै हेर्न भ्याएका हुँदैनन्, तर मौकाको फाइदा उठाउनेहरूले त्यसैमाथि खेलिरहेका छन् ।’

मन्त्रालयका सम्पूर्ण गतिविधिहरूमा मन्त्री र सचिव नै जिम्मेवार हुने भएकोले सरुवालगायत कर्मचारी व्यवस्थापनमा हुने गरेका चलखेलहरूमा थप सहज र चनाखो हुन जरुरी छ ।  

साथै कर्मचारी मिलाउने नाममा आफ्ना तथा आफन्त भन्दा काम गर्नेलाई जिम्मेवार बनाएर काम गराउन सके मात्रै धेरैले धेरै ठाउँमा भन्ने गरेको र जताततै सुनिने गरेको सुशासन र सेवा प्रवाहमा सुधार हुनेछ, हैन भने ती सबै भन्ने कुरा मात्रै हुनेछन् र जनताले सास्ती खेपी रहनेछन् । 

प्रतिक्रिया दिनुहोस