२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवर्द्धन गरौँ : डा. रेग्मी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवर्द्धन गर्नु जरुरी भएको बताएका छन् ।

धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तरक्रियामा उनले सहकारीको समन्यायिक विकासमार्फत देशमा आर्थिक–सामाजिक रूपान्तरण गर्ने क्षमता बढाउनुपर्छ भने । सचिव रेग्मीले सहकारीका मूलभूत आदर्श र सिद्धान्तको व्यवहारिक प्रयोग एवं कानुनको परिपालना गर्ने परिपाटीको विकास तथा स्वअनुशासन परिपालना हुनसकेमा सामाजिक ऊर्जाका रूपमा रहेको यस क्षेत्रमा सुशासनको आयाममा समेत सकारात्मक सन्देश प्रवाह हुने धारणा राखे ।

देशको सबल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारीरूपले सञ्चालन गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य भएको उल्लेख गर्दै उनले सहकारीमा सकारात्मक प्रवृत्तिको प्रवर्द्धन र नकारात्मक प्रवृत्तिको नियन्त्रण गर्न जरुरी रहेको विचार प्रकट गरे ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले अहिले संस्थाले दैनिक रु एक करोडको हाराहारीमा बचत सङ्कलन गर्नुका साथै किसानको हकहितमा कर्जा प्रवाह बचत सुरक्षा सुनिश्चित गरेको बताए । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकाले नवजीवन सहकारीले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारसमेत प्राप्त गरेको थियो ।