७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जेडीयस छात्रवृत्तिको उल्लेखनीय योगदान’

अ+ अ-

जापान सरकारको सहयोगमा सञ्चालित जेडीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गत सामाजिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

सो कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव वैरागीले जेडीयस छात्रवृत्ति कार्यक्रमले नेपाल सरकारका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै वृत्ति विकासमा उल्लेखनीय योगदान दिएको बताएका छन् । 

उनले नेपाल र जापानबीचको सताव्दीयौं लामो सम्बन्धलाई अझ प्रगाढ गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान दिएको विचार व्यक्त गरेका छन् । 

सो कार्यक्रम नेपाल सरकार, अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख तथा उक्त छात्रवृत्ति कार्यक्रमका अध्यक्ष, सह सचिव, श्री श्रीकृष्ण नेपालले स्वागत मन्तव्य व्यक्त राखेका थिए । 

कार्यक्रम नेपालका लागि जापानका राजदुत किकुता युताका, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, सह–सचिव लगायतका अधिकारीहरू, जेआईसीए नेपालका मुख्य प्रतिनिधि, ओकुबो आकिमिचु, जापानको हिरोसिमा विश्वविद्यालय, वासेदा विश्वविद्यालय, इन्टरनेसनल युनिभर्सिटी अफ जापान, साइतामा विश्वविद्यालय, मेइजी विश्वविद्यालय, यामागुची विश्वविद्यालय, रिचुमेइखान विश्वविद्यालय र क्यूसु विश्वविद्यालयका प्राध्यापकहरू तथा उक्त विश्वविद्यालयहरूमा छात्रवृत्तिमा २ वर्षे स्नातकोत्तर तह अध्ययन गरी फर्केका नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत करिब १०० जना निजामती कर्मचारीहरू, जापानमा अध्ययन गरेर नेपालमा रहेका पूर्व विद्यार्थीहरूका सङ्गठनहरूका प्रतिनिधिहरू, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

सो छात्रवृत्ति कार्यक्रम नेपालमा सन् २०१६ बाट सुरु भएको थियो । पहिलो आयोजनामा ४ वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमा मात्र छात्रवृत्ति उपलब्ध रहेकोमा दोस्रो आयोजनामा प्रत्येक वर्ष २० जना स्नातकोत्तर सँगसँगै २ जनाका दरले विद्यावारिधिको समेत छात्रवृत्ति उपलब्ध छ । हालसम्म १०० जना नेपाल सरकारका निजामती कर्मचारीहरूले स्नातकोत्तर तह अध्ययन पूरा गरी नेपालमा फर्की सकेका छन् । हाल जापानमा ४० जना स्नातकोत्तर तहमा अध्ययनरत तथा ३ जना विद्यावारिधि गर्दै गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस