काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरूको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुखलाई आग्रह गरेका थिए ।
सांसदहरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन निर्देशन दिएका हुन् ।
संसदमा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।







