काठमाडौँ । आइतबार १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साढे ५ बजे बस्नेगरी सरेको छ । आइतबारको बैठकमा कर्मचारी सम्बन्धी दुई विधेयक पेस गर्ने कार्यतालिका रहेको थियो । तर ती विधेयकमा संशोधन प्रस्ताव बढी परेपछि सहमति जुटाउन सकस परेको छ ।
प्रदेशसभा बैठकअघि विधेयकबारे समितिमा सहमति जुटाउन बसेको विधेयक व्यवस्थापन विशेष समितिको बैठक बिहान ८ बजेदेखि अहिलेसम्म बसिरहेको छ । उक्त समितिका सभापति दिनेशचन्द्र देवकोटा रहेका छन् ।
सो समितिमै संशोधन प्रस्तावमाथि सहमति नजुट्दा प्रदेश संसद सचिवालयले १ बजेका लागि बोलाएको बैठक सरेको सूचना जारी गर्दै आइतबार बेलुका साढे ५ बजे बस्ने जनाएको छ ।