७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

अ+ अ-

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् ।

पहिला विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्र अन्ततः सहयोग गर्ने पक्षमा रहेको छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेको थियो । सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रचार गरिएको थियो ।

पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी निकट स्रोतले बतायो । तर अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको बताइएको छ । सो विषयमा टुङ्गो लगाउन काँग्रेस र माओवादी संसदीय दलको बैठक अहिले बस्दै छ । माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।

निर्वाचनताका तत्कालीन प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरा १ बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका माओवादी प्रदेश इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

सोही आश्वासन पूरा गर्न माओवादीले सो माग अघि सारेको हो । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस