८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारी विभाजित हुँदा स्ववियू चुनावमा असर

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी दुई गुटमा विभाजित हुँदा स्ववियू चुनावमा असर पर्ने देखिएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्यार्थी सङ्गठनका दुई गुटका नेताहरूलाई बोलाएर नियमित छलफल गर्दै आएका छन् । तर, अखिल क्रान्तिकारीका पन्चा सिंह र पवन कार्की समूह मिल्न नसक्दा स्ववियू चुनावमा असर देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार र शनिबार बिहान सिंह र कार्की पक्षका नेताहरूलाई बोलाएर चुनावमा सङ्गठन एक बनाउन पहल गरेको अखिल क्रान्तिकारीका समानन्तर कमिटी चलाएका संयोजक पवन कार्कीले बताए ।

स्ववियू चुनाव दुवै पक्ष मिलेर जाने र चुनावपछि अधिवेशन गर्ने प्रचण्डले बताउँदै आएको कार्कीले बताए । तर उत्तर र दक्षिणतिर फर्किएका विद्यार्थी नेताहरू एक नहुँदा स्ववियू निर्वाचन प्रधानमन्त्री प्रचण्डको समेत टाउको दुखाइको विषय बनेको छ ।

‘प्रधानमन्त्री ज्यूले स्ववियूमा मिलेर जानुस् । मिलेरै उम्मेदवार उठाएर जिताउनुस् । स्ववियू चुनावपछि अधिवेशन गरेर विवाद मिलाउँला भन्नु भएको छ’ कार्कीले भने, ‘प्रधानमन्त्री ज्यूले मिलेर जान सुझाव दिएपछि पन्चा जीसँग आज भेटेर छलफल भयो । दुई सङ्गठन एक भएर जाने विषयमा छलफल भए पनि कुरा मिलेको छैन ।’

तर, अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले दुवै सङ्गठन मिलेर जाने विषयमा छलफल भइरहेको बताए । दुबैपक्षबाट उठाएका उम्मेदवारलाई एउटा समझदारी बनाएर सहमति गरिने पुनले बताए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर सहित आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते हुने चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस