९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेमिटेन्सको सदुपयोग गर्न उपप्रधानमन्त्री श्रेष्ठसँग एनआरएनएको आग्रह

अ+ अ-

काठमाडौँ । कतारको राजधानी दोहामा अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौँ सम्मेलन मार्च ५ देखी ९ सम्म भइरहेको छ । 

उक्त सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल दोहामा रहेको छ । 

उक्त कार्यक्रममा कतार आएको  बेलामा गैर आवासीय नेपाली सङ्घ कतारले उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको कार्यदललाई स्वागत कार्यक्रम राख्दै नेपाली समुदायका अनुभव, आफ्ना समस्या र मागहरू राखेको छ ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै कतार पुगेका मन्त्री श्रेष्ठसहितको सरकारी टोली समक्ष एनआरएनए उपाध्यक्ष आरके शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढी रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु आवश्यकता रहेको बताएका छन् । 

उपाध्यक्ष शर्माले विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा सामूहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गरे । 

उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्ब पुँजी सङ्कलन हुने र जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने उक्त कार्यक्रममा बताए ।

यस्तै शर्माले विदेशबाट मतदान गर्ने प्रावधान, वैदेशिक रोजगारको बीमा रकमको वृद्धि, गैर आवासीय नागरिकता तथा गोर्खाजका समस्यालाई अविलम्ब सम्बोधन गरिनुपर्ने माग सरकारका उपप्रधानमन्त्री श्रेष्ठ समक्ष राखेका छन् ।

प्रतिक्रिया दिनुहोस