२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् ।

होली पर्वको अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्न पनि अभिप्रेरित गर्ने बताए ।

बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ–आफ्नै सांस्कृतिक महत्त्व र मौलिक परम्परा रहेको बताए ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री यादवले व्यक्त गरेका छन् ।

‘कुमतिको होलीका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले भने ।