२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनामा ९ करोड बराबरको राजश्व चुहावट नियन्त्रण

अ+ अ-

काठमाडौँ । मोरङ प्रहरीले ९ करोड २४ लाख रुपैयाँ बराबरको राजश्व चुहावट नियन्त्रण गरेको छ।

सोमबार विराटनगरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा माघ २३ गतेयता एक महिनाको समयभित्र राजश्व चुहावट नियन्त्रणमा उपलब्धी हासिल गरेको हो ।

मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार स्रोत नखुलेको ३२ लाख ६५ हजार, बिगो रकम ७ करोड १९ लाख ६८ हजार गरी कूल ७ करोड ५२ लाख ३३ हजार रुपैयासँगै तीनवटा मोटरसाइकल, ९ जना मानिस सुनसरीको इटहरीस्थित राजश्व कार्यालयमा बुझाइएको छ ।

यसैगरी विराटनगर भन्सार कार्यालय रानीमा ८७ लाख १५ हजार, पाँचवटा सवारी साधनसँगै ११ जना मानिस पक्राउ गरी बुझाएको उनको भनाई छ ।

यसैगरी, उनले राजश्व छली गरी भारततर्फ पैठारी गरिरहेको अवस्थामा ५२ लाख रुपैयाँबराबरको १ लरीसहित २८ लाख रुपैयाँ बराबरको जुटको समान बरामद गरेको जानकारी दिए।

उपरीक्षक पोखरेलले प्राकृतिक स्रोत दोहन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा १३ वटा साधन नियन्त्रणमा लिएको बताए।