१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।गल्ली गल्ली संस्थाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चीजको आर्थिक आधार एवं मूल जगाएको बताए । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गरे ।

मुख्यमन्त्री शर्माले भने, ‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण गर्न भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।’शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारहरूले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा।गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताए। लैङ्गिक समानता र विद्यार्थी संख्या बढेको छ,’ उनले भने, ‘तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थीहरू कमजोर छन् । प्रमुख सचिव डा.खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाए।

कार्यक्रममा गल्ली गल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुंगेश्वर गाउँपालिका दैलेखका ५ देखि १६ वर्ष उमेरका बालबालिकाहरूको नेपाली गणित र अंग्रेजी विषयको आधारभूत सिकाई मापन गरिएको तथ्याङ्क प्रस्तुत गरे।

डुंगेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दर कुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताए। यद्यपि प्राप्त तथ्याङ्कहरूको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाइ थियो ।

असर नेपाल नामक संस्थाले सन् २०२२ देखि ‘साउथ एशियन, असेसमेन्ट अलायन्सः कम्युनिकेटिङ एण्ड कोल्याबोरेटिङ फर चेन्ज’ नामक कार्यक्रम अन्तरगत कर्णाली प्रदेशका पाँच जिल्लामा एक/एक गाउँपालिकाहरूमा नमूना सर्वेक्षण विधिबाट शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) सञ्चालन गरेको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजंग शाहीले जानकारी दिए ।