२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव र अधिकृतलाई एक महिनाभित्र विवरण अद्यावधिक गर्न निर्देशन !

अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । 

कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि कितावखानाले यस्तो सूचना जारी गरेको हो । धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय कितावखानाका  महानिर्देशक डा. टोकराज पाण्डेले बताए ।  

निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको महानिर्देशक पाण्डेको भनाई छ। 

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ । धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको कितावखानाको भनाइ छ ।  

विवरण अद्यावधिक गर्न कितावखानाको बेवसाइडमा रहेको इमेल मार्फत वा स्वयं कागजात लिइ पुलचोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने कितावखानाले जनाएको छ । 

हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । 

यसअघि कितावखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरी सकेको छ । संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्त्वपूर्ण कामका रूपमा हेरिएको छ ।