काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा आज (सोमबार) नगर क्षेत्रमा शोक बिदा दिएको छ ।
वडाध्यक्ष अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो ।
वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा आइतबार अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।
चम्पादेवी मन्दिर जाने बाटो मर्मत गरेर फर्कने क्रममा उनी चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
मोटरसाइकलको पछाडि रहेका वडाध्यक्ष अधिकारीको टाउकोमा गम्भीर चोट लागेको थियो ।
