१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० लाखभन्दा बढी आय भएकाहरूको करको सीमा परिवर्तन हुने

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको बजेटमा आय करको सीमा परिवर्तन गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि व्यक्तिगत रूपमा ५० लाखभन्दा बढी आय भएकाहरूको आयकरको दरमा सामान्य वृद्धि गर्ने बताएका हुन् ।

“वार्षिक १० लाख रुपैयाँभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिलाई लाग्दै आएको आयकरको दरमा सामान्य वृद्धि गरेको छु,” महतले भनेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले प्राकृतिक व्यक्तिको हकमा पाँच लाख र दम्पतीको हकमा ६ लाख रुपैयाँबाट कर लाग्ने व्यवस्था गरेको थियो । त्यसअघि व्यक्तिका हकमा चार लाख र दम्पतीका हकमा चार लाख ५० हजार आम्दानीमा कर नलाग्ने व्यवस्था थियो ।

गत आर्थिक वर्षदेखि व्यक्तिगत र दम्पतीको हकमा पाँच लाखसम्मको करयोग्य रकममा एक प्रतिशत, पाँच लाख रुपैयाँभन्दा बढी सात लाखसम्म आम्दानी गर्ने व्यक्ति र पाँच लाखदेखि आठ लाखसम्म आम्दानी गर्ने दम्पतीले १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो ।

सात लाखदेखि १० लाखसम्म करयोग्य आम्दानी गर्ने व्यक्तिले २० प्रतिशत, १० लाख देखि २० लाख रुपैयाँसम्मको करयोग्य आम्दानी गर्नेले ३० प्रतिशत, २० लाखदेखि ३० लाखसम्म आम्दानी गर्ने व्यक्तिले ३६ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

३० लाख करयोग्य आय हुने व्यक्ति वा दम्पतीले भने सात लाख ४५ हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी दम्पतीको हकमा आठ लाखदेखि ११ लाखसम्म करयोग्य आम्दानी गर्नेले २० प्रतिशत, ११ लाखदेखि २० लाखसम्म करयोग्य आम्दानी गर्नेले ३० प्रतिशत र २० लाख भन्दामाथि जतिसुकै करयोग्य आय भएका दम्पतीले थप २० प्रतिशत कर तिर्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस